एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए
२८ पुष २०८१, आईतवार १५:०६
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार घटेतापनि आज एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, सिन्धु विकास बैंकको १८ करोड रुपैयाँ, सिगंटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख रुपैयाँ, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख रुपैयाँ र नेपाल लाइफको सात करोड ५२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।