२५ अकंले घट्यो बजारः १३ वटै उपसूचक राताम्य हुँदा खुम्चियो कारोबार, किन भयो प्रभावित ?

२८ पुष २०८१, आईतवार १५:०६

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजारले गत साताको अन्तिम कारोबारका दिन देखिएको राताम्यलाई निरन्तरता दिएको हो । यसलाई लगानीकर्ताहरुले करेक्सनमा रुपमा लिएका छन् । लगातार ६ दिन बजार बढेको हुँदा २ दिनको रातो अकंलाई करेक्सनको रुपमा बुझ्नु पर्ने लगानीकर्ताहरुको भनाइ रहेको छ ।

आज टिएमएसमा आएको समस्याले पनि बजारलाई प्रभावित गरेको छ । बेला बेला सिस्टममा आउने खराबीले लगानीकर्तालाई कारोबारबाट बन्चित गराएको हो । जसले गर्दा बजारमा ओरालोलाई थप मद्दत पुगेको देखिन्छ ।

पुस महिनासम्म धेरै कम्पनीहरूले साधारण सभा र लाभांश वितरणको प्रक्रिया पूरा गरिसकेका छन्, जसले लगानीकर्तालाई के र कति लाभांश प्राप्त हुने बारेमा स्पष्ट जानकारी दिएको छ । यसले लगानीकर्ताको निर्णयमा सकारात्मक प्रभाव पार्नेछ । पुस मसान्तको दबाब पछि, अब कर्जाको ब्याज र साँवाका भुक्तानीको दबाब घट्दै जानेछ, जसले सेयर बजारमा सेलिङ प्रेसर कम गर्न सक्नेछ । त्यसपछि खरिद दबाब बढ्ने सम्भावना छ र लगानीकर्ताको क्रय शक्ति पनि बढ्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अकंले घटेर २६०९.६७ बिन्दुमा कायम भएको छ । आज ३०१ कम्पनी ८० लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.६० प्रतिशत, फाइनान्स समूहको ३.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ४३ कम्पनीको शेयर मूल्य घट्दा १९४ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*