टिएमएसमा समस्या, लगानीकर्ताको कारोबार प्रभावित

२८ पुष २०८१, आईतवार १३:१४

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या देखिएपछि आइतबारको सेयर कारोबारमा अवरोध आएको छ।

बजार खुलेसँगै सुरु भएको यो समस्याका कारण लगानीकर्ताले सहज रूपमा शेयर खरिद बिक्री गर्न सकेनन्। सुरुमा केही ब्रोकरहरूको टीएमएसमा मात्र समस्या देखिएको भए पनि समय बित्दै जाँदा धेरै ब्रोकरहरू प्रभावित भएका छन्। लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट गर्न नसकिने जस्ता समस्याले सर्भर नै अवरुद्ध हुने अवस्था सिर्जना गरेको छ।

लगानीकर्ताले कारोबार प्रणालीमा बारम्बार आउने यस्ता समस्याप्रति गम्भीर आपत्ति जनाउँदै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।

नेप्सेले केही ब्रोकरहरूमा मात्रै समस्या आएको दाबी गरे पनि लगानीकर्ताको गुनासोले समस्या व्यापक रहेको संकेत गरेको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*