सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्थापना गरेको नेपाल एक्सप्रेस फाइनान्स करोडौं रुपैयाँ कर नतिरी वेपत्ता भएको छ । नेपाल सरकारको राजस्व उठाउने निकाय कर कार्यालयको तथ्याङ्कमा श्रेष्ठकै नाममा बक्यौता भएपनि हाल भने प्राइम बैंकको नाममा पुगेको तथ्यहरुले देखाएको छ । कर कार्यालयको त्रिपुरेश्वरमा दर्ता भएको नेपाल एक्सप्रेस फाइनान्स स्थायी लेखा नम्बर ३०२१३३५१४ ले आ.व २०७३ सालदेखि कर नतिरी वेपत्ता छ । कर कार्यालयको रेकर्डमा सो नेपाल एक्सप्रेस फाइनान्सका मुख्य ब्यक्तिको रुपमा सन्तोषनारायणको नाम छ । सन् २००५ डिसेम्बर देखि सन् २०१५ अगस्ट सम्म उनको आवद्धता नेपाल एक्सप्रेस फाइनान्समा थियो, जसका उनी संस्थापक अध्यक्ष थिए । कर कार्यालयले त्रिपुरेश्वरले २०७८ सालमा निकालेको सार्वजनिक सूचनामा नै श्रेष्ठको नाम राखिएको भेटिएको छ । अब उक्त कर सन्तोषनारायण श्रेष्ठले भने तिर्नुपर्ने हाेइन । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेर कैलाश विकास बैंक बनेको थियो । २०७८ फागुनमा कैलाश बैंक प्राइम कमर्सियल बैंकमा विलय भएको थियो । अब नेपाल एक्सप्रेस फाइनान्सकाे बक्याैता नतिरेको रकम अब प्राइम बैंकले तिर्नुपर्ने छ । फाइनान्स कम्पनी सञ्चालनमा असफल भएका र ती कम्पनीहरूलाई गम्भीर संकटमा पुर्याएका व्यक्तिलाई अहिले धितोपत्र बोर्डको नेतृत्वको जिम्मेवारी आएका छन् । विगतमा श्रेष्ठले फाइनान्स कम्पनीलाई वित्तीय व्यवस्थापनका दृष्टिले कठिन अवस्थामा पुर्याउँदै मर्जर प्रक्रियामा धकेल्नु परेको इतिहास रहेकोले अहिले धितोपत्र … Continue reading सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed