प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न किन शीतल निवास पुगे ?
२६ पुष २०८१, शुक्रबार १९:५३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन्।
कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।