डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपोखरीमा उद्घाटन, नयाँ मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

२६ पुष २०८१, शुक्रबार १४:४९

काठमाडौँ। एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नागपोखरीमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले सहभागिता जनाए।

यस अवसरमा, नामीले एक साप्ताहिक मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ, जसमा ग्राहकहरूले सीमित अफरहरू सहितको टेस्ट ड्राइभ अनुभव गर्न सक्नेछन्। क्याम्प जनवरी ११ देखि १६ सम्म नक्सालको नागपोखरीस्थित नयाँ शोरुममा आयोजना हुने छ।

समारोहमा बोल्दै, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं। यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।’

उद्घाटनका साथ, नामीले नाउ अर नेभर मेगा अफर प्रस्तुत गरेको छ जसमा ग्राहकहरूले ७ किलोवाटको वाल चार्जर, नगद छुट र अन्य आकर्षक गिफ्टहरू पाउनेछन्। साथै, बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे प्राप्त गर्न सकिन्छ। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी गाडी घर लैजान पनि सक्नेछन्।

डोङफेङ अटोमोबाइलको गाडी नेपालमा अब्बल गुणस्तरका साथ प्रस्तुत गरिएको छ। अध्यक्ष अग्रवालले उद्घाटन समारोहमा भने, ‘डोङफेङ अटोमोबाइलमा ठूलो हिस्सा रहरको छ। यो गाडीको गुणस्तर अत्यन्तै उच्च रहेको छ र हामीले चिनको एक बलियो कम्पनीलाई नेपालमा ल्याएका छौं। हामीले गाडी लन्च गर्दा मुख्य ध्यान कम्पनीको अवस्था र त्यसको सेवा सर्भिस र पाट्समा राखेका छौं।’

अग्रवालले थपे, ‘कुनै पनि समस्या आएमा हामी त्यसको समाधान सजिलै गर्नेछौं। हामी गुणस्तरमा निकै बझबुध छौं र यसलाई हाम्रो प्रमुख प्राथमिकता बनाएका छौं।’

त्यसै गरी, उनले सर्भिस र चार्जिङ सुविधामा पनि बलियो ध्यान दिनको लागि एमएडब्ल्यू वृद्धि समूहको प्रतिबद्धता व्यक्त गरे। ‘हाम्रो ९ वटा सर्भिस सेन्टर छन् र चार्जिङको सुविधा पनि विस्तार गर्ने क्रममा छौं। ग्राहकहरूले अब घरमै पनि गाडी चार्ज गर्न सक्नेछन्। हाम्रो गाडीलाई बाहिर लगेर पनि चार्जिङमा कुनै समस्या नहुनेछ, यो हाम्रो प्रतिबद्धता हो। नामी एक विश्वसनीय गाडी हो’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*