ग्लोबल आइएमई लघुवित्तको ८ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

२६ पुष २०८१, शुक्रबार ०८:४८

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

यो शेयर यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिसकिएको कम्पनीले जनाएको छ। यसर्थ अब यो शेयरमा इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा माघ ११ गतेभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*