लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा आज बस्दै
काठमाडौं । आज पुस २६ गते विभिन्न तीनवटा कम्पनीहरू लाभांश पारितको एजेण्डासहित वार्षिक साधारणसभा बस्दैछन्। यस दिन डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सर्वाेत्तम सिमेन्ट र बोटलर्स नेपाल (तराई) लाभांश पारितका लागि सभा बस्न लागेका हुन्।
डिप्रोक्स लघुवित्त
यस कम्पनीले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद (कर समेत) गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यो कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
सर्वाेत्तम सिमेन्ट
यो कम्पनीले चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी मात्रै यो कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
बोटलर्स नेपाल (तराई)
यो कम्पनीले चुक्ता पूँजीको आधारमा ५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यो कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।