एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न
२५ पुष २०८१, बिहीबार १८:२०
काठमाडौँ । एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब टुँडिखेल काठमाडौँमा सभा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेको थिए । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।