कास्की जिल्ला अदालतद्वारा रवि लामिछानेलाई रिहा गर्न आदेश
काठमाडौं । कास्की जिल्ला अदाललतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । विगत डेढ सातादेखि जारी थुनछेक बहसपछि न्यायाधीश नीतिज राईले आज ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।
कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको भएपनि उनी तत्काल रिहा हुने सम्भावना न्यून रहेको बताइएको छ । उनका विरुद्धमा काठमाडौंमा पनि मुद्दा दर्ता भएकोले सम्भवतः आजै उनलाई प्रहरीले काठमाडौं ल्याएर भोलि काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता हुनेछ ।
सरकारले प्रतिशोध साध्ने उद्देश्यले न्यायालयको दुरुपयोग गरी मुद्दा चलाइएकोले उनी अझै प्रहरी हिरासतमै बस्नुपर्ने देखिएको छ ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।