माघ १ देखि नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

२५ पुष २०८१, बिहीबार १८:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ। बिहीबार राष्ट्र बैंकले एक परिपत्रमार्फत यो व्यवस्था लागू हुने जानकारी दिएको हो।

राष्ट्र बैंकको निर्देशन अनुसार, २०८१ माघ १ देखि बैंक तथा वित्तीय संस्थाले नयाँ खाता खोल्नका लागि ग्राहकको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा विवरण यकिन गर्नु पर्नेछ। यसका लागि बैंकहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेका विवरणको पहुँच सुनिश्चित गर्नुपर्नेछ।

नेपाल सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थाका लागि, सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंकहरूले खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ। यसरी खोलेको खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टिको प्रक्रिया पनि अनिवार्य गरिने परिपत्रमा उल्लेख गरिएको छ।

ABC-UD-19

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*