बजार घट्दा पनि १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनले कति कमाए ?

२५ पुष २०८१, बिहीबार १५:१४

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१४ अकंले घटेर २६३५.०९ बिन्दुमा कायम भएको छ । आज ७ अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।

बजार घट्दा पनि केहि कम्पनीको शेयर मूल्यमा उच्च सुधार देखिएको हो । यसदिन बराही हाइड्रोपावर र हिमालयन पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन, रिभर फल्स पावरको ८.१९ प्रतिशत, न्यादी हाइड्रोपावरको ८.११ प्रतिशत र केबिएल डिबेञ्चरको ५.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*