धितो राखिएको जग्गा लिलामी गरेपछि सहकारीका प्रबन्धकलाई कुटपिट
काठमाडौँ । भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्। सोमबार प्रहरीले उनीहरूलाई पक्राउ गरी घटना सम्बन्धी अनुसन्धान सुरु गरेको छ।
वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठले २०७६ सालमा २८ लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर, उनीहरूले सावा र ब्याजसमेत तिर्न असफल भएपछि सहकारीले धितो राखिएको जग्गा लिलामी गरेको थियो। सहकारीका अध्यक्ष काजीमान श्रेष्ठका अनुसार पटकपटक चिठी र फोनमार्फत ऋण तिर्न अनुरोध गर्दा बेवास्ता गरेपछि सहकारी नियमअनुसार कानुनी प्रक्रिया अगाडि बढाइएको थियो।
सोमबार बिहान खाना खाइरहेका बेला वडाध्यक्ष श्रेष्ठसहित पाँच जनाले आफूलाई कुटपिट गरेको प्रबन्धक गैह्रेलाले बताए।