माथिल्लो तामाकोशीको पुनर्बीमा नगरेको राष्ट्रिय बीमा कम्पनीद्वारा स्वीकार, दोषीलाई कारवाही खै ?

२५ पुष २०८१, बिहीबार १३:०७

काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीभित्रका कर्मचारीहरुले गत वर्ष माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको बीमा गरी पुनर्बीमा नगरेको बिषयमा सो कम्पनीका सञ्चालक समितिले गल्ती भएको स्वीकार गरेको छ । सरकारी लगानीको बीमा कम्पनीलाई डुबाउने गरी कर्मचारीहरुले गरेको गम्भिर प्रकृतिको त्रुटीलाई नियामक बीमा प्राधिकरणले कारवाही गर्नुपर्नेमा तामाशा हेरेर बस्नु अर्को आश्चर्यजनक बिषय बन्न पुगेको छ ।

गत वर्षको चैत्रमा दुई अर्बभन्दा बढिको बीमा गरी पुनर्बीमा नगरेका तत्कालिन काुम सिईओ सुभाष कोइराला, वर्तमान सिईओ डा. शिवहरि श्रेष्ठ, पुनर्बीमा विभागकी प्रमुख सिर्जना पन्त समेतले आफ्नो दायित्व भित्र रहेको पुनर्बीमा सम्बन्धी काम नगरी कम्पनीलाई हानी नोक्सानी पुर्याउने काम गरेका थिए ।

 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बीमा गरेको सात महिनापछि गत असोज १२ गते बाढीका कारण उक्त आयोजनामा एक अर्ब ८४ करोडको क्षति भएको भन्दै बीमा दावी परिसकेको छ । अहिले सर्भेयर खटाइएको अवस्था छ । फरफारक गर्ने क्रममा कम्तीमा एक अर्बभन्दा माथि बीमा पर्ने निश्चित भएको छ । जम्मा २६ करोड चुक्ता पुँजि भएको कम्पनीमाथि एक अर्बभन्दा बढिको भार पार्ने त्रुटीपूर्ण कार्यमा संलग्न दोषीहरुलाई बीमा प्राधिकरणले कुनै कारवाही गरेको छैन ।

यही अवधीमा राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठ अर्थमन्त्रालय धाइरहेको समाचार बाहिर आएको थियो । नियामक बीमा प्राधिकरणले राजनीतिक कारणले राष्ट्रिय बीमा कम्पनीका अभियुक्तहरुलाई जोगाइरहेको त छैन ? आशंका उत्पन्न भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*