राष्ट्रिय बीमा कम्पनीका अध्यक्षद्वारा अप्पर तामाकोशीको पुनर्बीमा गल्ति भएको स्वीकार

‘अगामी एजिएममा सच्चिएर आउने प्रतिवद्दता’
२५ पुष २०८१, बिहीबार १०:५३

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको दोस्रो वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले अप्पर तामाकोेशीको पुनर्बीमा गल्ति भएको स्वीकार गरेका छन् ।

बुधबार शंखमूलको अनमोल क्याटरिङ्ग सर्भिस प्रालिमा आयोजित कम्पनीको दोस्रो वार्षिक सधारणमा शेयरधनीहरुले उठाएको प्रश्नको उत्तर दिदै आगामी वार्षिक साधारणसभामा अप्पर तामाकोशीबारे सम्पूर्ण विवरण सहित उपस्थित हुने प्रतिवद्दता जनाएका छन् ।

अप्पर तामाकोशीको पुनर्बीमाबारे कम्पनी सञ्चालक समिति एकदमै सिरियस भएर लागी परेको जिकीर गरेका छन् । ‘अप्पर तामाकोशीको विषयमा हामीहरु एकदमै सिरियस छौं, यसलाई गहन रुपमा हेर्दछौै, सर्भेयर रिपोर्ट पनि आइपुगेको छैन ।’ उनले भने, ‘आवश्यक परेको खण्डमा हामी एक टोली नै बनाएर बाढी आएको क्षेत्रमा गएर अनुगमन गर्नेछौं।’

सम्पूर्ण शेयरधनीहरुलाई सम्भव भएसम्म आगामी तीन महिनाभित्र अर्को दुई वर्षको वार्षिक साधारणसभा समेत सम्पन्न गर्ने गरी आफुहरु लागि परेको समेत बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*