महुली लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय
२५ पुष २०८१, बिहीबार १०:२४
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो।
साथै बैठकले सञ्चालक समितिबाट पारित गन आवको वित्तीय विवरण साधारण सभाका लागि प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।