बीमा प्रशासक रमेश कुमार भट्टराईलाई मातृशोक

२४ पुष २०८१, बुधबार २३:०१

काठमाडौं । तत्कालिन युनाइटेड इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्ससहित थुप्रै बीमा कम्पनीहरुमा लामो समयसम्म काम गरेका कुशल बीमा प्रशासक रमेश कुमार भट्टराईलाई मातृ शोक परेको छ । भट्टराईकी ९३ बर्षिया आमा फाल्गुणी कुमारी भट्टराईको हिजो पुस २३ गते मंगलबार अष्टमी तिथीका दिन निधन भएको हो ।

बिस १९८९ साउन ३ गते ओखलढुंगा माम्खामा जन्मनु भएकी भट्टराई हाल बसोबास कानपा ४ गणेश वस्तिमा बस्दै आउनु भएको थियो । उहाँको यही २३ गते घरैमा निधन भएको हो । उहाँको छोरा ४ जना र छोरी २ जना रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*