राष्ट्र बैंकले लघुवित्तलाई भन्यो, ‘ऋणीको घर-घरमा नपुग्नु, धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग नगर्नु’

२४ पुष २०८१, बुधबार १८:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई ऋण उठाउने नाममा ग्राहकको घरदैलोमा नजान निर्देशन दिएको छ । कर्जा सम्बन्धी मार्गदर्शन जारी राष्ट्र बैंकले ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह वैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार तीन पटक भन्दा बढी सम्बन्धित ठाँउमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्ने भनेको हो ।

कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि नअपनाउन भनेको छ । केन्द्रिय बैंकले लघुवित्त संस्थाहरुलाई ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग गर्न नहुने, ऋणीलाई अनावश्यक रुपमा फोन गर्न नहुने, ऋणीको परिवार, साथी एवम्सहकर्मीलाई अपमान गर्न नहुने, ऋणी वा परिवारको सम्पत्ति वा मान प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नहुने र ऋणीलाई ऋण नतिर्दा आउनसक्ने परिणामका बारेमा गलत सूचना दिन नदिन भनेको छ ।

कर्जा विश्लेषण, कर्जा सदुपयोगिताको अनुगमन एवम् कर्जा असुली लगायतका विषयसहित तर्जुमा गरिएकोकर्जा नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समेत लघुवित्त संस्थालाई निर्देशन दिएको छ । व्यवसाय वा परियोजनाबाट अपेक्षित आय, व्यावसायिक योजना, ऋणीको साख सूचना, यथार्थपरक पारिवारिक आय लगायतका विषयहरु समेटी कर्जाको विश्लेषण विधिको विकास गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र ऋणीको आम्दानी तथा व्यवसायको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका तयार गरी सम्बन्धित ग्राहकलाई उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

यी ११ कर्जा सम्बन्धी मार्गदर्शन:

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*