बजारमा तरलता वृद्धिः ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२४ पुष २०८१, बुधबार १०:४६

काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज ८० अर्ब रुपैयाँ तान्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो २ बजेबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । राष्ट्र बैंकका अनुसार इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी सम्पूर्ण रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

संकलित निक्षेपको परिपक्वता वा सावाँ ब्याज भुक्तानी अवधि माघ ९ गतेसम्म रहनेछ । यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन् ।

38.DC_-NOtice2081.09.24

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*