सोल्टी होटलको २६.८४ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा

२४ पुष २०८१, बुधबार १०:४६

काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।

होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

सोल्टीले गत वर्षको नाफाबाट २६.८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*