महुली लघुवित्त र नारायणी विकास बैंकको शेयर बिक्रीमा

२४ पुष २०८१, बुधबार ०८:३८

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। लघुवित्तले सर्वसाधारणका लागि र नारायणी बैंकले संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखेको हो।

महुली लघुवित्त
यस कम्पनीले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर यसअघि नै संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरिद गर्न पाउनेछन्।

इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई सात दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बुझाउनु पर्नेछ।

नारायणी विकास बैंक
यस बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९४ हजार ४३५ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय, रत्ननगर–१ टाँडी, चितवनमा बुझाउनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधराणलाई बिक्री गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*