रेकर्ड मूल्यबाट झर्यो डलरको भाउ, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ उच्च मूल्यबाट तल झरेको छ। यस दिन डलरको खरिदमूल्य १३६.८५ रुपैयाँ र बिक्रीमूल्य १३७.४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनमात्रै डलरले नयाँ रेकर्ड मूल्य बनाउदै खरिदमूल्य १३७.०३ रुपैयाँ र बिक्रीमूल्य १३७.६३ रुपैयाँ पुगेको थियो।
त्यस्तै आज यूरोको भाउ पनि घटेर खरिदमूल्य १४२.४५ रुपैयाँ र बिक्रीमूल्य १४३.०८ रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलरको भाउ पनि घटेर खरिदमूल्य ८५.९१ रुपैयाँ र बिक्रीमूल्य ८६.२९ रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन १० जापानिज येनको खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ कायम भएको छ भने एक कुवेती दिनारको खरिदमूल्य ४४३.९३ रुपैयाँ र बिक्रीमूल्य ४४५.८८ रुपैयाँ कायम भएको छ।