लघुवित्तहरुले अब एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान ९एनएफआरएस० अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ ।
हाल नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थालाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर, चालु आर्थिक वर्षबाट भने सबै लघुवित्त संस्थाले एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको हो । मंगलबार राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
नेपाल वित्तीय प्रतिवेदनमानमा समावेश नगरेका क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान आधारका रूपमा लिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
लघुवित्त संस्थाहरूले नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनी बाहेक संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा समेत लगानी गर्न सक्ने भएका छन् । तर, त्यस्तो लगानी पूँजीकोषमा गणना गर्दा प्राथमिक पूँजीकोषबाट घटाउनुपर्ने व्यवस्था गरेको हो ।
लघुवित्त संस्थाले नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस र नेपाल फिनसफ्ट कम्पनीको सेयरमा लगानी गर्न पाउनेमा अब कर्जा सूचना केन्द्रको सेयरमा समेत लगानी गर्न सक्ने भएको हो । यस्तो लगानीमा भने प्राथमिक पूँजीकोषबाट घटाउनुपर्ने छैन ।