बिशेष अदालतद्वारा सुर्य सिलवालको मुद्दामा साक्षी बुझ्न आदेश

२३ पुष २०८१, मंगलवार १८:१९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गरी विशेष अदालतमा मुद्दा दर्ता गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको मुद्दामाथि आज बिशेष अदालतमा पेशी तोकेर सुनुवाई भएको छ ।

बिशेष अदालतका न्यायाधीशद्वय राम बहादुर थापा र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले सुर्य प्रसाद सिलवालको मुद्दाम साक्षी बुझ्न आदेश दिएको हो । अब अर्को तारेखमा उल्लेखित मुद्दामा समावेश गरिएका साक्षीहरुलाई उपस्थित गराई साक्षीहरुसँग बयान लिने काम हुनेछ ।

भ्रष्टाचार सम्बन्धी मुद्दामा बिशेष अदालतमा महिनौं दिनसम्म पेशीमा चढ्न कठिन हुँदै आएकोमा सुर्य सिलवालको मुद्दा भने रातारात पेशीमा चढेको छ । आजको इजलास अधिकृत नबराज सापकोटा थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*