लघुवित्तको कर्मचारीमा थप कडाई, १ प्रतिशत भन्दाबढी शेयर हुनेहरु कर्मचारी बन्न नपाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ । लघुवित्तलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै केन्द्रिय बैंकले ठुला शेयरधनीहरुमाथि कडाई गरेको हो ।
लघुवित्त संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने शेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति तथा पुनर्नियुक्ति गर्न नपाइने जनाइएको छ ।
साथै, निर्देशिकामा चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी शेयर धारण गर्ने शेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति/पुनर्नियुक्ति हुन योग्य नहुने उल्लेख गरेको छ ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा कार्य गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, थोक कर्जा प्रदायक लघुवित्तले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिकाअनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
MFI-Circular_Upload