अब्बल हाथवे इन्भेस्टमेन्ट, ट्रिपल बी माइनसलाई रेटिङलाई पुन: पुष्टि
काठमाडौँ । इक्रा नेपालले हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको इश्यूअर रेटिङ ICRA NP इश्यूअर रेटिङ ट्रिपल बी माइनस लाई पुन: पुष्टि गरेको छ। यसका साथै, हाथवे कम्पनीको दीर्घकालीन बैंक सीमाहरूको लागि ICRA NP L ट्रिपल बी माइनस र छोटो अवधि बैंक सीमाहरूको लागि [ICRANP] A3 रेटिङ पनि पुन: पुष्टि गरेको छ।
आईसीआरए नेपालले थप ५०० मिलियन रुपैयाँको कुल रेटेड रकमको आधारमा उक्त रेटिङ कार्य गरेको हो, जसमा दीर्घकालीन ऋणको लागि १५० मिलियन रुपैयाँ र छोटो अवधिको ऋणको लागि ३६० मिलियन रुपैयाँ समावेश छ।
यस रेटिङको पुन: पुष्टि हातवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको वित्तीय स्थिरता र दीर्घकालीन प्रदर्शनमा विश्वासको संकेत हो। यसले कम्पनीको वित्तीय स्थायित्व र ऋण भुक्तानी क्षमतामा सकारात्मक दृषटिकोन प्रस्तुत गर्दछ।
हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको वित्तीय प्रदर्शन र संस्थागत संरचनामा लगातार सुधारको कारण यो रेटिङ पुन: पुष्टि गरिएको हो। आईसीआरए नेपालको यो कदम कम्पनीको आगामी वर्षहरूमा वृद्धि र स्थायित्वको पक्षमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।