परदेशमा कमाएर आमाद्वारा छोरीलाई जन्मदिनमा सूर्यज्योतिको बीमा पोलिसी उपहार
काठमाडौं। आफ्नो छोरीको जन्म दिनको विशेष अवसरमा, आमा किरण खत्रीले आफ्नो छोरी कुसुम खत्रीलाई विशेष उपहार स्वरूप १० लाख रुपैयाँ बीमांक रहेको सूर्यज्योति सावधिक जीवन बीमा योजना (इन्डोमेन्ट योजना) उपहार दिएकीछिन् ।
छोरीको उज्ज्वल भविष्यको लागि यो बीमा योजना लिएको उनले बताएकीछिन। बीमा योजना र संगसंगै लिन सकिने राइडर सुविधाहरूबारे राम्रोसँग जानकारी प्राप्त गरेपछि आफ्नो छोरीको लागि यो उपहार प्रदान गर्ने निर्णय लिएको उनले बताएकी हुन।
आमा किरण खत्री आफ्नो परिवारको आर्थिक स्थितिमा सुधार ल्याउनका लागि हाल साइप्रसमा कार्यरत छिन ।आफ्नो छोरीको उज्ज्वल भविष्य सुनिश्चित गर्न र भविष्यमा आईपर्न सक्ने आर्थिक भार कम गर्न यो बीमा योजनाले साथ दिनेमा आफु ढुक्क रहेको उनले बताईन।
जन्म दिनको अवसरमा आफ्ना प्रियजन र आफन्तलाई यसप्रकारका उपहार दिन सके हाम्रो समाजमा जन्मदिन मनाउने एक उत्कृष्ट उदाहरण हुने थियो ।