रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

२३ पुष २०८१, मंगलवार १६:४४

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर शुक्रबार (पुष ५ गते)मा दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।

उक्त दावी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे , भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो।

साथै उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल , एमडीआरटी कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारी समेत को उपस्थिति थियो । एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना,शलिकराम तिवारी , नुमकला पङेनी,टांक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको थियो ।

शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खानाल, एमडीआरटी माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले मन्तब्यको क्रममा बीमाको अपरिहार्यता र महत्वलाइ सबैले समयमै बुझ्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*