अडिटरले स्वतन्त्र लेखा परिक्षण नै गर्न नसकेको राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण कसरी होला पास ?

२३ पुष २०८१, मंगलवार १६:१४

काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले भोलि पुस २४ दोस्रो बार्षिक साधारणसभा गर्दैछ । तर, उक्त बार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने वित्तीय विवरणमा लेखापरिक्षकले राय पेश नगरी अडिट गरेका कारण कैफियतले भरिएको वित्तीय विवरण साधारणसभाबाट कसरी पास हुन्छ ? प्रश्न उठेको छ ।

प्रश्न यस कारण पनि उठेको छ कि पहिलो बार्षिक साधारणसभाबाट पारित गरेको वित्तीय विवरणमा दुई आर्थिक वर्षमा ७२ करोड रुपैयाँको हिसाब किताब गोलमाल गरिएको छ । दर्जनौं बेथितीका बीचमा पनि कैफियत जनाएर वित्तीय विवरणहरुको लेखापरिक्षण गरिएको छ ।

भोलि बस्ने बार्षिक साधारणसभाले उक्त विवादित र लेखा लेखा परिक्षकले स्वतन्त्र राय समेत पेश गर्नै नसकेको लेखा परिक्षण प्रतिवेदन पनि पक्कै पास त गर्नेछ । तर, एक दिन छानविन भएको खण्डमा सो वित्तीय विवरण पास गर्ने सञ्चालक र शेयरधनीहरुमाथि कारवाही होला कि नहोला ? प्रश्न उठेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा चरम आर्थिक घोटाला र कैयौं हिसाब किताब गोलमाल गरिएको तथ्य बाहिर आइसकेको छ । कम्पनीको नाममा खोलिएका २१ वटा बैंक खाताको विवरण अध्यावधिक नगरिएको भन्ने व्यहोरा कैफियतमा लेखिएको अडिट रिपोर्टसहितको विवरण यसअघि बार्षिक साधारणसभा पारित गरेको थियो ।

यस वर्ष पनि यस्तै दर्जनौं कैफियतहरुमा उठाइएका करोडौं रुपैयाँ आर्थिक अनियमितताको बिषय कसरी निरुपण होला ? प्रश्न उठिरहेको छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठले कुनै जवाफ दिन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*