अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, बचतकर्ताको ६१ करोड हिनामिना
२३ पुष २०८१, मंगलवार १६:०१
काठमाडौं । कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ भने पक्राउ परेका कतिपय अरू सञ्चालकहरू धरौटीमा रिहा भएका छन् ।
उक्त सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बू पनि संलग्न छिन् । सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले जनाएको छ ।