यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने चार दर्जन कम्पनीहरु, कुनको बोनश र नगद कति ? (तथ्यांकसहित)

२३ पुष २०८१, मंगलवार १६:०७

काठमाडौँ । सूचीकृत कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई प्रस्तावित लाभांश वितरण गरिरहेका छन् । अघिल्ला आर्थिक वर्षको तुलनामा यस आवमा कम्पनीहरुको लाभांश घट्दै गएको छ । आर्र्थिक वर्ष २०८०।०८१ को मुनाफामा कुल ४२ वटा कम्पनीहरुले मात्र १० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् ।

यो वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिनेमा ५ वाणिज्य बैंक र २ विकास बैंकमात्र रहेका छन् । त्यस्तै ९ हाइड्रोपावर, २ होटल, ३ इन्भेस्टमेन्ट कम्पनी र ६ उत्पादनमूलक कम्पनी छन् । १० प्रतिशतमाथि लाभांश दिनेमा सबैभन्दा बढी माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन् । यो वर्ष १५ माइक्रोफाइनान्स कम्पनीको लाभांश १० प्रतिशतमाथि छ । शेयर बजारमा चर्चा कमाइरहेका कुनै पनि फाइनान्सले १० प्रतिशतमाथि लाभांश दिन सकेका छैनन् ।

हाल कम्पनीहरू धमाधम घोषित लाभांश पारित गर्नका लागि साधारणसभा गरिरहेका छन् । पुस मसान्तसम्म अधिकांश कम्पनीको साधारणसभा सम्पन्न हुनेछ । साधारणसभाबाट लाभांश पारित भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामै तुरुन्तै पाउने गरेका छन् । डिम्याट खातामा सेयर बोनस पाउनका लागि साधारणसभाले पारित गरेपछि पनि केही साता लाग्ने गरेको छ ।

साधारणसभा सम्पन्न गरिसकेका केही कम्पनीले भने लगानीकर्तालाई डिम्याट खातामा बोनस सेयर प्रदान गरिसकेका छन् । ती सेयर बजारमा सूचीकृत भइ कारोबारमा आइसकेका छन् । समग्रमा एभरेष्ट बैंक, हाथवे इन्भेस्टमेन्ट, आशा लघुवित्त, भगवती हाइड्रोपावर, स्वाबलम्वन लघुवित्त, सीईडीबी होल्डिङस्, कामना सेवा विकास बैंक, नेपाल ल्युब आयल लगायत कम्पनीको बोनस सेयर सूचीकृत भइ कारोबारमा आइसकेको छ ।

वणिज्य तथा विकास बैंकहरुः

यस वर्ष पाँच वाणिज्य बैंक र दुई विकास बैंकको लाभांश १० प्रतिशतबढी रहेको छ । जसमा स्ट्याण्टर्ड चार्टड बैंकको २५ प्रतिशत, एभरेष्ट बैंकको १५.५३ प्रतिशत, कृषि विकास बैंकको १०.५३ प्रतिशत, नबिल बैंकको १० प्रतिशत लाभांश रहेको छ । त्यस्तै, विकास बैंकहरुमा कामना सेवा बैंकको १२ प्रतिशत लाभांश र मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश रहेको छ । यसमा अधिकांश बैंकहरुले प्रस्तावित लाभांश साधारणसभाबाट पारित गरेर सम्बन्धित शेयरधनीको डिम्याट खातमा समेत जम्मा गरिसकेका छन् ।

लघुवित्त कम्पनीहरुः

यस वर्ष लघुवित्त कम्पनीहरुको लाभांश वितरण सन्तोषजनक रहेको छ । यी कम्पनीहरुको लाभांश क्षमता बढी भएतापनि अर्थात शेयरधनीहरुलाई बढी प्रतिफल दिन चाहेपनि नेपाल राष्ट्र बैंकले कुनै पनि लाभांश कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएको छ । जसकारण लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गर्न नपाएका हुन् ।

यस वर्ष कुल १५ वटा लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश रहेको छ । जसमा आत्मनिर्भर, नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश रहेको छ । त्यस्तै, जीवन विकास, साना किसान र सपोर्ट माइक्रोफाइनान्सको १४ प्रतिशतबढी लाभांश रहेको छ।

हाइड्रोपावर कम्पनीहरुः

यस वर्ष नौ वटा हाइड्रोपावर कम्पनीहरुको लाभांश १० प्रतिशतमाथी रहेको छ । जसमा माउण्टेन इनर्जी र रु रु जलविद्युतको १५.७८ प्रतिशत, भगवती हाइड्रोपावरको १४.७३ प्रतिशत, माण्डु र चिलिमे हाइड्रोपावरको १२ प्रतिशत, ग्रीन भेन्चर लिमिटेडको १०.५२ प्रतिशत, सानिमा माई हाइड्रोपावरको १०.५२ प्रतिशत र कुथेली बुखरी स्मल हाइड्रोपावरको १०.५२ प्रतिशतमाथी लाभांश रहेकोे छ ।

उत्पादन क्षेत्रका कम्पनीहरुः

यस वर्ष उत्पादन तथा प्रशोधन क्षेत्रका पाँच कम्पनीको १० प्रतिशतमाथी लाभांश रहेको छ । यस वर्ष सर्बोतम सिमेन्टको १० प्रतिशत, हिमालयन डिस्टिलरीको २० प्रतिशत, बोटलर्स नेपाल तराईको ५० र नेपाल ल्युल आयलको २५ प्रतिशत लाभांश रहेको छ ।

होटल तथा लगानी क्षेत्रका कम्पनीहरुः

यस वर्ष दुई होटल र तीन लगानी क्षेत्रका कम्पनीहरुको लाभांश १० प्रतिशत रहेको छ । जसमा तारागाँउ रिजेन्सीले ११ प्रतिशत र सीटी होटलको ३६ प्रतिशत लाभांश रहेको छ । लगानी क्षेत्रका नागरिक लगानी कोष, सीइडीबी होल्डिङ्स र हाथवे इन्भेष्टमेन्टको १० प्रतिशतमाथी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*