प्रभु महालक्ष्मी लाइफसहित ३ वटामा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२३ पुष २०८१, मंगलवार १५:०७
काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६.१६ प्रतिशतले बृद्धि भएको छ ।
शेयर बजार बढेसँगै १२६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
साथै, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स, सामुदायिक लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक कमाएका छन् ।