भैरहवा विमानस्थलको विजोक, बिहानदेखि एउटा पनि भएन उडान र अवतरण

२३ पुष २०८१, मंगलवार १४:१०

काठमाडौँ। खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बिहानदेखि लागेको घना हुस्सुले सञ्चालनमा कठिनाई उत्पन्न भएको हो ।

खराब मौसमका कारण उडान र अवतरण हुन नसक्दा यात्रुहरू गन्तव्य स्थानमा पुग्न असमर्थ भएका छन्। विमानस्थलको निर्माण अघि यसको दिगो सञ्चालनका लागि कुनै ठोस रणनीति नबनाएको कारण पनि उडान प्रभावित हुँदै आएको छ। भैरहवा विमानस्थलमा प्रविधिको अभाव र भारतीय भूमिमा उड्डयन क्षेत्रका लागि अनुमति नपाइरहेको कारण पनि हिउँदमा उडानमा समस्याहरू देखिन्छन्।

जाडो मौसममा बिहानका समयमा घना हुस्सु लाग्ने र भिजिबिलटी अर्थात् दृश्यता घट्ने समस्या बढ्ने गर्दछ। १,८०० मिटर भन्दा कम दृश्यता भएको अवस्थामा ठूला विमानहरू अवतरण गर्न सक्दैनन्। यस कारण जाडो महिनामा भैरहवा विमानस्थलमा उडान प्रभावित हुने अवस्था आउने गरेको छ।

यद्यपि, प्रविधिका अभावका कारण यो समस्या अझ गहिरो भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*