सामाजिक सञ्जालमा झुक्याएर पैसा माग्ने ललितपुरको कल सेन्टरमा प्रहरीको छापा

२३ पुष २०८१, मंगलवार १३:५०

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

उनीहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न प्रलोभन देखाएर पैसा माग्ने लगायतका कानुनी बन्देज गरिएका क्रियाकलाप सञ्चालन गरिरहेका थिए ।सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो ।

हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए। अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ ।

उनीहरूले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*