नेशनल इन्स्योरेन्सको लगानी ३ अर्ब नजिक, कुन क्षेत्रमा कति?

२३ पुष २०८१, मंगलवार १३:३८

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी २ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेशनल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सर्वाधिक लगानी गरेको देखिएको छ। कम्पनीले यस क्षेत्रमा मात्रै २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको छ।

त्यस्तै यस कम्पनीले सरकारी बचतपत्र तथा ऋणपत्रमा १२ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ भने अन्य संस्थापक शेयरमा ९ करोड ८० लाख रुपैयाँ र अन्य लगानी अन्तर्गत ३७ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*