वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम रिद्धिसिद्धि सिमेन्ट पछिल्लो समय व्यापारिक चुनौती र वित्तीय अस्थिरताको चपेटामा परेको छ। शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले आफ्नो प्रारम्भिक वर्षहरूमा राम्रो प्रदर्शन गरेको भए पनि हालका वर्षहरूमा यसको वित्तीय स्थिति कमजोर बनेको देखिन्छ। कम्पनीले हेटौंडामा रहेको राटोमाटे प्लान्टमा साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल यसको उत्पादन क्षमता ७९ प्रतिशत मात्र उपयोग भइरहेको छ, जबकि बाँकी क्लिंकरलाई अन्य स्थानिय ग्राइन्डिङ इकाईहरूमा बेच्ने गरिएको छ। यसले उत्पादन क्षमताको पूर्ण उपयोगको कमीलाई संकेत गरेको छ । रिद्धिसिद्धिको व्यापारमा हालका वर्षहरूमा गिरावट आएको छ। सन् २०२२ मा कम्पनीको व्यापार ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ थियो भने सन् २०२३ मा यो घटेर ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ पुगेको छ। यस गिरावटको प्रमुख कारणमा सिमेन्टको मूल्य प्रतिस्पर्धा, कच्चा पदार्थ र ऊर्जा लागतमा आएको उतारचढाव र निर्माण क्षेत्रको मौसमी मागका कारण भएको अस्थिरता छ। हालैको समयको सन्दर्भमा कम्पनीको EBITDA मार्जिनमा गिरावट देखिएको छ। २०२१ मा २६.१८ प्रतिशत रहेको यो अनुपात २०२२ मा घटेर १८.०३ प्रतिशत पुगेको थियो र सन् २०२४ मा यसमा केही सुधार भए पनि यो २४.८१ प्रतिशतमा सीमित रह्यो। यसले … Continue reading वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed