१८ निर्माण कम्पनी कालोसूचीमा पर्ने जोखिममा, ७ दिनभित्र स्पष्टीकरण माग

२३ पुष २०८१, मंगलवार १०:५८

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। यी कम्पनीहरूलाई आफ्नो पक्ष स्पष्ट गर्न ७ दिनको अन्तिम म्याद दिइएको छ।

यसअघि कार्यालयले कम्पनीहरूलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, तोकिएको समयसीमाभित्र कुनै प्रतिक्रिया नआएपछि कार्यालयले फेरि ७ दिनको सूचना जारी गरेको हो।

निर्धारित समयभित्र पनि स्पष्टीकरण प्राप्त नभएमा कार्यालयले यो सूचनालाई आधार मान्दै कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय लिने जनाएको छ। यस कदमसँगै सम्बन्धित कम्पनीहरूले सरकारी ठेक्कापट्टामा सहभागी हुने अवसर गुमाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*