चीनमा भूकम्पमा परेर ३६ जनाको मृत्यु

२३ पुष २०८१, मंगलवार १०:४४

काठमाडौँ ।  चीनको सिजाङ अटोनोमस रिजनस्थित डिंग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पका कारण हालसम्म ३६ जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्रबिन्दु डिंग्री काउन्टीमा रहेको र यसको तीव्रता ६।८ म्याग्निच्युड रहेको जनाइएको छ।

चीनको समयअनुसार बिहान ९:०५ बजे गएको यो भूकम्पको गहिराइ जमिनको सतहदेखि १० किलोमिटर तल रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ। नेपालस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जानकारी दिएको छ।

डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू भत्किएका छन् भने काउन्टी प्रमुखले ठूलो झट्का महसुस गरिएको बताएका छन्। सरकारी अधिकारी र उद्धारकर्मीहरू तत्कालै घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्यमा जुटेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*