संखुवासभाको चिचिला गाउँपालिका र सरस्वती माबिमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा दुई वटा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहकार्यमा चिचिला गाउँपालिकाको भवन र सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएका हुन् ।
कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनले गरेको थिए । साथै, विशिष्ट अतिथीमा चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र कार्यक्रममा उपाध्यक्ष मनकला राई, सम्बन्धित वडाका अध्यक्षहरु, शिक्षक, किसान, गाउँपालिकाका कर्मचारी, विद्यार्थीहरु तथा बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राई र सहायक प्रथम निकेश लाल कर्ण लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक निर्देशक सचिन राइले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बीमा सबैका लागि आवश्यक भएको धारणा व्यक्त गरेका छन् । साथै उनले कार्यक्रम आयोजना गरेको नेपाल बीमा प्राधिकरणलाई धन्यवाद व्यक्त गर्दै सम्पुर्ण गाउँपालिका बासीलाई बीमा गर्न अनुरोध गरेका छन् ।
साथै, उपाध्यक्ष मनकला राइले ऐतिहासीक कार्यक्रम आयोजना गरेकोमा बीमा प्राधिकरणलाई धन्यवाद व्यक्त गरेकी छिन् । उनले आम मानिसहरुले अनिवार्य बाहेकका अन्य बीमा नगरिएको जिकीर गर्दै आगामी दिनमा जीवन र कृषि बीमा गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेकी छिन् ।
सरस्वती माबि र गाउँपालिकाको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनले बीमाको परिचय, बीमाको महत्व, बीमाका प्रकार, जोखिम व्यवस्थापन लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।