पूर्ण र आंशिक अवधि भुक्तानी लिन बीमितलाई नेपाल लाइफको आग्रह
२३ पुष २०८१, मंगलवार ०८:५२
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई पूर्ण र आंशिक अवधि भुक्तानी रकम लिन आग्रह गरेको छ।
विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत रकम लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै रकम लिन बोलाएको हो।
कम्पनीले पूर्ण अवधि भुक्तानी (म्याच्यूरिटी) रकम र आंशिक अवधि भुक्तानी (सर्भाइवल) रकम लिन बाँकी बीमित वा हकवालाले नजिकको शाखा कार्यालयमा सम्पर्क गरी रकम लिन सक्ने जनाएको छ।