चीनियाँ सीमाको भुकम्पः नेपाल भन्छ ७.०, चीन भन्छ ६.८ र अमेरिका भन्छ ७.१, यथार्थ के हो ?

२३ पुष २०८१, मंगलवार ०८:१३

काठमाडौं । आज विहान ६ः५० बजे नेपाली समय अनुसार पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रबाट ८९ किलो मिटर टाढा टिङ्ग्री (डिङ्ग्री) काउन्टीको कालोज्याङ भन्ने स्थानमा केन्द्रबिन्दु भई शक्तिशाली भुकम्प गयो । उक्त भुकम्पको क्षति सम्बन्धी विवरण आउन बाँकी नै छ । तर, भुकम्प कति शक्तिशाली हो भन्ने विवरणमै नेपाल, चीन र अमेरिका बीच विवाद परेको छ ।

आज विहानको भुकम्पको केन्द्र बिन्दु तिब्बतस्थित डिङ्ग्री काउन्टीको पालिङ र कोलोज्याङ भन्ने विकट गाउँमा पर्दछ । त्यहाँ पातलो मानव बस्ती रहेको छ । भर्खरै विकास पूर्वाधारको काम भइरहेको क्षेत्रमा भुकम्प गएकोले ठूलो क्षति भएको विश्वास गरिएको छ ।

नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रका लोकबिजय अधिकारी ७.० रेक्टर स्केलको भुकम्प गएको जनाएका छन् । तर, चिनियाँ सञ्चार माध्यमहरुले त्यहाँ भुकम्प मापन केन्द्र लाई उध्रित गर्दै ६.८ रेक्टरस्केलको भुकम्प गएको उल्लेख छ । चाईना डेलीका अनुसार चिनियाँ भुकम्प मापन केन्द्र (सिईएनसी) का अनुसार १० किमी गहिरो र ६.८ रेक्टरस्केलको भुकम्प गएको जनाएको छ ।

उता, अमेरिकी भुकम्प मापन सम्बन्धी संस्था युएसजिएसले ७.१ रेक्टर स्केलको भएको जनाएको छ । युएजिएसले विश्वभरको भुकम्प मापन गर्दै आएको छ । नेपालमा समेत करिब ३० सेकेण्डसम्म हल्लिएकोले भुकम्प ठूलै भएको विश्वास गरिएको छ । तीन थरी देशले फरक फरक विवरण निकालेपछि भुकम्पको शक्तिबारे अन्योलता सिर्जना भएको छ ।

यद्यपि भुकम्पको केन्द्रबिन्दु र गहिराईबारे सबैको समान धारणा छ । भुकम्प भुकम्पको केन्द्र बिन्दु तिब्बतस्थित डिङ्ग्री काउन्टीको पालिङ र कोलोज्याङ गाउँमा १० किमी गहिराईमा भुकम्प गएकोमा सबैको एउटै विवरण छ ।

यथार्थ के हो ?
यथार्थ के हो भने भुकम्प मापन जति नजिकबाट गरिन्छ, उति नै यथार्थ विवरण आउन सक्नेछ । यस अर्थमा अमेरिकी अत्याधुनिक प्रविधिले मनिटर गरेको विवरण आधिकारिक मान्न सकिन्छ । नेपालले पनि २०७२ को भुकम्पपछि भुकम्प मापन सम्बन्धी अत्याधुनिक प्रविधि र चीनियाँ सीमाबाट नजिक पर्ने भएकोले धेरै देखाएको हुनसक्दछ । चीनको दक्षिणी क्षेत्र सिगात्सेको डिङ्ग्री काउन्टीमा धेरै मानव बस्ती नभएकोले भुकम्प मापन सम्बन्धी यन्त्री निकै टाढा भएकोले भुकम्पको शक्तिबारे फरक फरक तथ्य बाहिर आएको हुनसक्दछ ।

भुकम्प गएको स्थान सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेबाट ८९ किमी दुरीमा पर्दछ । सो स्थानलाई केन्द्रबिन्दु मानेर मापन गरिएको छ, जुन भुकम्पको केन्द्रबिन्दु रहेको तिब्बतको डिङ्ग्री काउन्टीको पालिङ र कोलोज्याङबाट सबैभन्दा नजिकको दुरीमा पर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*