अमेरिकी डलर नयाँ उचाइमा, अन्य मुद्राको विनिमयदर कति?

२३ पुष २०८१, मंगलवार ०७:३३

काठमाडौं । केही समययता निरन्तर उकालो लाग्दै आएको अमेरिकी डलरको भाउले आज थप नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार डलरको खरिदमूल्य १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ पुगेको छ, यो हालसम्मकै उच्च हो।

यसअघि डलरको उच्च खरिदभाउ १३६.९४ रुपैयाँ र बिक्रीभाउ १३७.५४ रुपैयाँ रेकर्ड रहेको थियो। त्यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक यूरोको खरिदभाउ १४२.६८ रुपैयाँ र बिक्रीभाउ १४३.३१ रुपैयाँ कायम भएको छ।

यता, अष्ट्रेलियन डलरको खरिदभाउ ८६.०८ रुपैयाँ र बिक्रीभाउ ८६.४५ रुपैयाँ, १० जापानिज येनको खरिदभाउ ८.७१ रुपैयाँ र बिक्रीभाउ ८.७५ रुपैयाँ छ भने दक्षिण कोरियन वन १०० को खरिददर ९.४० रुपैयाँ र बिक्रीभाउ ९.४४ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*