नेपाल चीनको सीमानामा ७.१ रेक्टरस्केलको बिनाशकारी भुकम्प

२३ पुष २०८१, मंगलवार ०७:२७

काठमाडौं । आज विहान आएको शक्तिशाली भुकम्प नेपाल चीन सीमाना भन्दा केही रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्रहरुले जनाएका छन् । नेपाल चीनको सीमाना भन्दा केही पर रहेको भुकम्प ७.१ रेक्टरस्केलको भएको जनाइएको छ ।

यद्यपि नेपालस्थित भुकम्प मापन केन्द्रले भने नेपाल चीन सीमानामा ७ रेक्टरस्केलको भुकम्प गएको जनाएको छ । तर, चिनियाँ सञ्चार माध्यमहरुले ७.१ रेक्टरस्केलको भुकम्प गएको जनाएका छन् ।

शक्तिशाली भुकम्पले नेपालको तराईदेखि भारतसम्म हल्लिन पुगेको छ । चीनको तिब्बत क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । विहान ६ः५० बजे उक्त भुकम्प गएको थियो । राजधानी काठमाडौंमा समेत ठूलो भुकम्पको धक्का महसु गरिएको थियो । नेपालको पूर्व उत्तरी क्षेत्रमा भुकम्पबाट ठूलो धक्का पुगेको अनुमान गरिएको छ ।

७.१ रेक्टरस्केलको भुकम्प बिनाशकारी भकुम्पको सूचिमा पर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*