काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का, सयौं मानिसहरु सडकमा निस्किए

२३ पुष २०८१, मंगलवार ०७:०१

काठमाडौं । आज विहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । विहान ६ः५१ बजे गएको भुकम्पपछि सयौं मानिसहरु घर बाहिर निस्किएका छन् ।
माथिल्लो तल्लामा रहेका मानिसहरु अत्तालिँदै बाहिर निस्किएका थिए ।

उत्तरी नेपालको सिन्धुपाल्चोक र तिब्बतको सीमा क्षेत्रमा ५.३ रेक्टर स्केलको भुकम्प गएको र उक्त भुकम्पले नेपालका थुप्रै स्थानमा धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकका थुप्रै ग्रामिण बस्तीहरुमा भुकम्पले क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि अहिले नै विस्तृत विवरण आइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*