बीमा अभिकर्ता बन्न एसएलसी पास गरेकी आइएमई लाइफकी रोजिना घलेले एमडीआरटी बन्न सफल
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखमा कार्यरत एजेन्सी म्यानेजर रोजिना घले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् ।
भनिन्छ नी, कुनै इच्छाले भित्रैबाट केही गर्छु भन्ने लक्ष्य लिइयो सफल भईन्छ भन्ने त्यसको उदाहरण बन्न सफल भएकी छिन् रोजिना घले ।
२०७८ सालमा बीमा क्षेत्रमा उत्प्रेरीत भई नन्द सगुन गुरुङसँग मिलेर बीमा अभियान सुरु गरेकी रोजिना ले औपचारिक शिक्षा कक्षा ८ मात्र पढेकाले आफ्नो नाममा अभिकर्ता ईजाजतपत्र लिन सकेकी थिइनन् ।बीमा अभिकर्ता बन्नको लागि नै एसईई पास गरेर अभिकर्ता को लाइसेन्स लिएकी रोजिनाले एक बर्षको अवधिमा रसुवा जिल्लाबाट प्राईभेट एसईई दिईन् र उनी उत्तीर्ण पनि भईन् ।
एसईई सकेपछि आइएमई लाइफमा अभिकर्ता ईजाजतपत्र लिन सफल भईन् । एसईईमा उत्तीर्ण भएपछि २०८० असार महिनाबाट आइएमई लाइफमा प्रवेश गरेकी उनले डेढ बर्षको निरन्ते प्रयास पछी एमडीआरटीको लक्ष्य हासिल गरी नुवाकोटबाट कम्पनीको तर्फबाट पहिलो महिला एमडीआरटी बनी इतिहास रच्न सफल भएकी हुन्।
सानै उमेरमा विवाह वन्धनमा बाधिएकी रोजिना विद्यार्थी जिवनमा खेलकुद तथा अतिरिक्त कृयाकलापमा समेत निकै अब्बल थिईन वाल्यकालको विवाहको कारण सरकारी जागीर खाएर देश र जनताको सेवा गर्ने उनको सपना पुरा भएन ।
विवाह गरेर पनि पढ्ने रहर हुँदा हुँदै परिवारीक जिम्मेवारी तथा वाल बच्चाको कारण पढाईलाई निरन्तरता दिन नसकेता पनि परिवार तथा श्रीमानको साथ सर्पोट र हौसलामा भने कुनै कमि थिएन। उनी भन्छिन हरेक ब्यक्ति सफल हुनको लागी परिवारको सदस्यको ठूलो हात हुने रैछ म त्यही महसूस गरी रहेकी छु।
सरल र मिलनसार स्वभावकी रोजिना सानै देखी कसैसंग नझुक्ने हक्की स्वभावकी थिईन् । सामाजिक कार्यमा पनि उनी सक्रिय नै छिन् ।
अभिकर्ताको ईजाजत पत्र लिएको महिना उनले अभिकर्तावाट एजेन्सी मेनेजरको रूपमा आफूलाई चिनाउन सफल भईन प्रत्येक महिना आफ्नो लक्षका साथ अघि बढ्दै गरेको उनलाई कम्पनीले प्रदान गर्ने अतिरिक्त सुविधा समेतले गर्दा घर परिवार चलाउन र बाल बच्चाको शिक्षा दिक्षा र आफ्नो दैनिक आवश्यकता समेत पुरा गर्न सहयोग गरेकोमा आईएमई लाइफ नुवाकोट शाखालाई धन्यवाद दिन चाहन्छीन् ।
आर्थिक बर्ष २०८०।८१ मा उनले कम्पनीले तोकेको लक्ष्य पूरा गरेकी छन् । उनले कम्पनीले दिने हरेक टार्गेट पूरा गर्ने गरेको बताइन् । कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्न म तत्पर हुन्छु उनी अगाडी भन्छिन ।
माउन्ट मनास्लु लिडर्स क्लवका सदस्य समेत रहेकी उनले विभिन्न क्षेत्रीय कार्यक्रममा सहभागी तथा सम्मानीत हुने अवसर लगायत होटल सोल्टी मा भएको राष्ट्रिय स्तरको सम्मानमा समेत सम्मानित हुने अवसर प्राप्त गरेकी छिन् ।
नाम, दाम र सम्मान एकैसाथ कमाउने व्यवसाय बिमा वाहेक कुनै हुन नसक्ने उनको बुझार्ई छ । आफ्नो सफलताको कडी सुनाउँदै उनी अगाडी भन्छीन् इच्छा शक्तिलाई शिक्षा शक्तिले छेकेन र त आज सफल अभिकर्ता बन्न सफल भएकी छु।
जीवनको कहाली लाग्दो अवस्था दुःख सम्झदै उनी भन्छिन्, हरेक सफल ब्यक्तिको दुखद् पाटो संघर्षको पाटो हुँदो रैंछ मेरो दुःख र संघर्ष नै सफलताको सानो भाग हो ।
मेरो लक्ष्य अभिकर्ताहरुको अन्तराष्ट्रीय संस्थाको सदस्य एमडीआरटी बनि देश विदेश भ्रमण गर्ने लक्ष पुरा भएको छ । अब अर्को २०२६ मा पनी एमडीआरटी बन्ने र धेरै भन्दा धेरै परिवारको भविष्य सुनिचत गर्दै यो समाज सेवाको नाममा निरन्तर लागी रहने उनको भनाई रहेको छ ।रोजिना सफलताको पहिलो श्रेय आफ्नो आमा,श्रीमान र सहयोगी साथी भाईलाई दिन चाहन्छिन् ।
बीमा क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा लाई हटाई यो पेशालाई मर्यादित बनाउन सकियो र समाजमा बीमा सम्वन्धि चेतना फैलाउन सकियो भने प्रत्येक व्यक्तिले स्वईच्छाले बीमा खरिद गर्ने दिन आउछ रोजिना भन्छिन् ।