कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले गरे ईपीएस शाखा घेराउ
२२ पुष २०८१, सोमबार १८:३०
काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् ।
भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ गरेका हुन् ।
३ हजार ५ सयभन्दा बढी युवा भाषा परीक्षा पास गरेर नेपालमै बसिरहेका छन् । पानी जहाज कम्पनीमा काम गर्न खुलाएको आवेदनमा अहिलेसम्म १० प्रतिशत व्यक्तिलाई पनि कोरिया पठाएको छैन । १ वर्षभन्दा बढी भइसक्यो ईपीएस पास गरेको अझै टुंगो नलागेपछि उनीहरु घेराउ गर्न पुगेको बताँउछन् ।