संघर्षले बीमा व्यवसायमा जमेका अभिकर्ता आर्यन खानको सफलता, प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट बन्न सफल (भिडियोसहित)
कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान।
आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेका छन् प्रभु महालक्ष्मी लाइफका अभिकर्ता खान । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै आर्यनले बीमा क्षेत्रमा आबद्ध भएको छोटो समयमै लोभलाग्दो प्रगति गर्न सफल भएका छन्।
युवा साथीहरुको सहकार्यमा कृषि क्षेत्रमा एक करोड ५० लाख बराबरको लगानी डुबाएका आर्यनलाई बीमा अभिकर्ता बन्दा सफल भइएला की नभएला भन्ने भित्री डर त थियो नै तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज आर्यनलाई प्रभु महालक्ष्मी लाइफको उत्कृष्ट अभिकर्ता बनाएको छ।
जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका युवा अभिकर्ता आर्यन खान सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । साथै, उनले यस पेशामा आउन चाहाना भएका सबैलाई अनुरोध समेत गरेका छन्।
(प्रभु महालक्ष्मी लाइफका चिफ एजेन्सी म्यानेजर आर्यन खान र बीमापोष्टका राजन कठायतबीचको सवांद)
बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न प्रभु महालक्ष्मी लाइफले उनलाई निकै ठूलो सहयोग गरेको छ ।।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –८ मा जन्मिएका आर्यन अहिले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बुटवल शाखा कार्यालयमा चिफ एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेका खानले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान युवाको रुपमा स्थापित गर्न भएका छन् ।
बुटवलमा स्नातक तह उत्तिर्ण गरेका आर्यनले आफु बसोबास गरिरहेको शिवराज नगरपालिका–५ चन्द्रौटा, कपिलवस्तुमा आफ्नो एजेन्सी कार्यालय सञ्चालन गरेर करिव १० जनाबढीको सञ्जाल बनाएर आफ्नो बीमा सेवा दिदै आएका छन् ।
सात वर्षदेखि जीवन बीमा व्यवसाय गरिरहेका अभिकर्ता खान सन २०२३, २०२४ र २०२५ सहित लगातार तीन पटक एमडीआरटी छनौट हुन सफल भएका छन् । उनी प्रभु महालक्ष्मी लाइफबाट सन् २०२५ को ‘सीओटी’ छनौट भएका एकमात्र उत्कृष्ट अभिकर्ता हुन् ।
कम्पनीको प्रेसिडेन्ट क्लब मेम्बर समेत रहेका उनले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरुको बीमा गरी उनीहरुको जोखि रक्षावरण गर्न पाउँदा एकदमै खुशी महशुस भएको बताउँछन् ।
सानैदेखि आफ्नै देशमा केहि गर्ने इच्छा शक्ति बनाएर अघि बढेका आर्यनलाई आफ्नो समाजमा सधै समर्पित रहेर काम गर्ने चाहाना थियो । एकातिर कृषिमा डुवेको करोडौं लगानी र अर्कोतिर देशमा केही गर्ने वातावरण छैन् भन्ने मनस्थितीबाट अभिकर्ता पेशाले बाहिर ल्याएको उनी बताउँछन् ।
‘तत्कालिन समयमा मेरो मनमा हजारौ प्रश्नहरु खडा भैरहेका थिए । मनले देशमा नै केही गरेर मानवताको लागि काम गरौं भनिरहेको थियो।’ अघि भन्छन्,‘कृषिमा डुबेको लगानीले पीडा दिईरहेको थियो । यसैक्रममा मलाई एक कम्पनीका तत्कालिन प्रदेश प्रमुख यमलाल न्यौपानेले अभिकर्ता पेशामा आउँन सल्लाह दिनुभयो र मेरो बीमा व्यवसाय सुरु भएको हो।’
उनी विगत ७ वर्षको अवधिमा ७ सय भन्दा बढी मानिसहरुको जीवन बीमा गरी जोखिम रक्षावरण गर्न सफल भएका छन् । उनले देश तथा विदेशमा समेत सुमधुर सम्बन्ध स्थापित गरेका छन् । सबै मानिससँग मिलनसार र नम्र बोलि बोल्ने खानले दैनिक रुपमा चिया खाने गरेको रकमलाई मात्र बचाउदा सजिलै १०–१५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिने सुझाव दिएका छन् ।
‘मैले अहिलेसम्म हजारौ मानिसहरुलाई बीमा प्रस्ताव गरिसकेको छु । मैले आम सर्वसाधारण, कृषकदेखि लिएर विभिन्न कम्पनीका सीईओहरुलाई समेत उहाँहरुको आवश्यकताको आधारमा बीमा पोलिसी बिक्री गरेको छु।’
देश जतिसुकै विकास भएको भएतापनि अझै पनि ठूला–ठूला वित्तीय संस्थाका पदमा बसेर काम गरीरहेका मानिसहरुले समेत बीमाबारे सकारात्मक बुझाई नरहेको उनको धारणा छ । उनले भने, ‘आम जनमानस भन्दा पनि विभिन्न बैंक वित्तीय संस्थाका कर्मचारी तथा आर्थिक क्षेत्रका मानिसहरुले नै बीमालाई राम्रोसँग बुझ्न सकेका छैनन्। यो नेपाली बीमा जगतको लागि दुःखद कुरा हो।’
सात वर्षको अवधिमा ७ सय जना नागरिकको बीमा गर्न पाउँदा आफु एकदमै खुशी रहेको उनी बताउँछन् । ‘मैले ७ सय बीमितहरुको जोखिम रक्षावरण गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको छु। उहाँहरुलाई कसरी बीमा सेवा दिने, आवश्यक रहेको अवस्थामा कसरी सहज रुपमा कर्जा सुविधा दिने लगायतका कुरामा एकदमै जिम्मेवार बनेको छु।’
विश्व जगतका विकसीत युरोपियन देशहरुको तुलनामा नेपालको बीमाको अवस्थामा निकै फरक रहेको छ । ‘युरोपियन देशहरुमा त्यहाँका नागरिकहरुले जीवन बीमा अभिकर्ताहरुसँग समय लिएर तथा आवश्यक कुरा बुझेर आफ्नो बीमा गराउँने गरेका छन्, तर नेपालमा भने ठ्याक्क उल्टो रहेको देख्दा एकदमै दुःख लाग्ने गरेको छ।’
एमडीआरटी सन् २०२४ को लागि छनौट भएर दुवईमा भएको कार्यक्रममा भाग लिन पाउँदा धेरै कुरा सिक्न पाएको उनको धारणा छ । अन्तराष्ट्रिय प्लेटफर्ममा आफ्नो देशको झण्डा बोकेर प्रतिनिधित्व गर्न पाउँदा आफ्नो पेशाप्रति थप उत्साह मिलेको उनी बताउँछन् ।
आर्यनले चलाएको बीमा जागरण अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा जागरण अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमा क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् ।