एलआइसी नेपालबाट ३ टीओटी, १४ सीओटीसहित १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट

२२ पुष २०८१, सोमबार १४:४५

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट हुन् सफल भएका छन् ।

नेपाली जीवन बीमा कम्पनीहरुमध्ये सन् २०२५ को एमडीआरटीको लागि एलआइसी नेपालका सबैभन्दा बढी अभिकर्ताहरु छनौट भएका छन् । यसले एलआइसी नेपालका अभिकर्ता सर्वाधिक सक्रिय, व्यवसायीक तथा मिहिनेत रहेको कुरा पुष्टि गरेको छ ।

एलआइसी नेपालकी प्रभा ज्ञवाली, पूर्ण बहादुर खड्का र राम बहादुर अधिकारीसहित तीन जना अभिकर्ता सन् २०२५ को टीओटी लक्ष्य पुरा गर्न सफल भएका छन् । गत आर्थिक वर्षमा पनि आफ्नो व्यक्तिगत कोडमा सबैभन्दा बढी व्यवसाय गर्ने सफल अभिकर्ता हुन् ज्ञवाली, खड्का र अधिकारी ।

त्यस्तै, एलआइसी नेपालको देशभरी सञ्चालनमा रहेका सयौं शाखा कार्यालयबाट १४ जना सीओटी र ११४ जना एमडीआरटीसहित समग्रमा १३१ जना अभिकर्ताहरु एमडीआरटी छनौट भएका हुन् । कम्पनीले दिएको विभिन्न तालिम तथा सेवा र हौसलाले उक्त लक्ष्य प्राप्त गर्न सकेको अभिकर्ताहरुको धारणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*