रवि र जीबीराईको सहकारी ठगीमा नाम जोडिएको कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न निर्देशन
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्।
रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको सहकारी ठगीमा नाम जोडिएको सहकारीमा नेपाली कांग्रेसकी सांसद माया राईमाथि थप अनुसन्धान हुने भएको छ।
उनी स्वर्णलक्ष्मीको सहसचिव रहेकी थिइन्। तर उनलाई उन्मुक्ति दिएको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो।
भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रहरीले कांग्रेस सांसद राईको नाम प्रतिवेदनमा राखेको भए पनि बतन नखुलेको हुँदा प्रतिवादी नबनाइएको हो।