हमाशले रिहा गर्न लागेका अपरिहतको सूचीमा नेपालका विपिन जोशी परेनन्, के छ पछिल्लो अवस्था

२२ पुष २०८१, सोमबार १४:०८

काठमाडौं । इजरायलसँग युद्ध गरिरहेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाइएका रिहा गर्न लागेका अपरिहत सूचीमा नेपालका विपिन जोशी परेका छैनन् ।

गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ। ३४ बन्धक रिहा गर्ने सूचीमा विपिन जोशी परेका छैनन् ।

इजरायलमा बेपत्ता पारिएका नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा भएको आशंका गरिएको छ।तर आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। सरकारले उनको खोजी जारी रहेको जनाएको छ।

त्यसयता सरकारले दुई चरणमा गरी २७२ नेपालीलाई इजरायलबाट उद्धार गरी नेपाल ल्याइसकेको छ। तर विपिन जोशीलाई भने उद्धार गरी नेपाल उद्धार गर्न सकेको छैन ।

हमासका एक वरिष्ठ अधिकारीले रहा गरिने ३४ जना बन्धकको सूची दिएको साउदी गजेट संचार माध्यमलाई जानकारी दिएको छ।

यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। सूचीमा १० जना महिला पनि छन्।हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकको सूची अझै उपलब्ध नगरेको बताएको छ।

यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो।इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविराम वार्ता सुरु गरिएको हो।

आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएका आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ।

यी हुन् हमाशले रिहा गर्ने भनेका अपरिहतको नाम

Romi Gonen

Emily Damari

Arbel Yehud

Doron Steinbrecher

Ariel Bibas

Kfir Bibas

Shiri Silberman

Bibas Liri

Albag Karina

Ariev Agam

Berger Danielle

Gilboa Naama

Levy Ohad

Ben-Ami

Gad Moshe

Moses Keith

Siegel Ofer

Calderon Eli

Sharabi Itzhak

Elgaret Shlomo

Mansur Ohad

Yahalomi Youssef

Ziyadne Oded

Lifshitz Tsachi

Idan Hisham

Al Sayed

Yarden Bibas

Sagui Dekel-Chen Iair

Horn Omer

Wenkert Alexander

Troufanov

Eliya Cohen Or Levy Avera Mengistu Tal Shoham Omer Shem-Tov

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*